नियम ११
व्यापारिक नाप तौल यन्त्रको जाँच
(१) व्यापारिक लेनदेनमा प्रचलनमा ल्याइने वा त्यसरी प्रचलनमा ल्याउने अभिप्रायले राखिएको नाप, तौल र तौल्ने यन्त्र दुई वर्षमा एक पटक ऐन र यी नियमहरु बमोजिम जाँच गराई टाँचा लगाउनु पर्छ । तर व्यापारिक लेनदेनमा प्रचलनमा ल्याइने वा त्यसरी प्रचलनमा ल्याउने अभिप्रायले राखिएको सवै नाप्ने यन्त्र तथा सुन, चाँदी र मूल्यवान जवाहरातमा वा पेट्रोलियम पदार्थमा वा कारखानामा प्रयोग गरिने नाप, तौल र तौल्ने यन्त्र वर्षमा एक पटक ऐन र यो नियमहरु बमोजिम जाँच गराई टाँचा लगाउनु पर्छ ।
(१क) कुनै व्यापारी वा व्यवसायीले उपनियम (१) बमोजिमको म्याद नाघेको पाँच वर्षभित्र टाँचा लगाउन आएमा नियम १४ को उपनियम (१क) बमोजिम जरिवाना लिई नियम १२ बमोजिम निरीक्षकले टाँचा लगाई दिन सक्नेछ ।
(१ख) उपनियम (१) बमोजिम टाँचा लगाउनको लागि निरीक्षकले डोर खटाउन सक्नेछ । त्यसरी खटाइएको डोरले उपनियम (१) बमोजिम टा“चा लगाउनु पर्ने म्याद पुग्नुभन्दा तीन महिना अगाडिसम्म वा म्याद पुगेको तीन महिना पछाडिसम्मको अवधिमा टा“चा लगाउन उपनियम (१) ले बाधा पु¥याएको मानिनेछैन ।
(२) उप–नियम (१) वा उपनियम (१क) बमोजिम जा“चिने नाप तौल र नाप्ने तौलने यन्त्र सफा तथा पूर्ण अवस्थामा हुनुपर्छ र त्यस्तो यन्त्रको संज्ञा वा क्षमता पूरा अड्ढित भएकको नदेखिएमा अनुसूची–६ मा दिइएबमोजिम छोटकरीमा संज्ञा वा क्षमता अङ्कित हुनुपर्छ ।